१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
काठमाण्डौ – चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास सकिदासम्म पुँजीगत खर्च ३२ दशमलव २४ प्रतिशतमात्रै भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको हो ।
सरकारले समयमै योजना सम्झौता लगायतका काम गरेर आर्थिक वर्षको अन्त्यमा हतारहतार काम गर्ने चलनलाई रोक्ने बताए पनि नौ महिनासम्ममा खर्च निकै कमजोर भएको हो । अब बाँकी तीन महिनाामा ७० प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्ने भएपछि विकासे कार्यालयहरुमा चटारो बढेको छ । आर्थिक वर्षको अन्त्यतिर हुने कामको गुणस्तर नहुने भन्दै विरोध भइरहँदा पनि सरकारले त्यसलाई सुधार गर्न सकेको छैन ।
सरकारले नौ महिनामा चालुतर्फ भने ५६ दशमलव ४१ प्रतिशत खर्च गरेको छ । अहिलेसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ । बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनको अवस्था पनि कमजोर छ ।
नौ महिनामा लक्ष्यको ५२ दशमलव पाँच प्रतिशत मात्रै सङ्कलन भएको छ । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।