आईपीएल क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो : नयाँ कीर्तिमान बन्यो

 वैशाख १५, २०८१ शनिबार ६:४३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले जोनी बेयरस्टोको अविजित शतकमा ८ बल बाँकी छदै दुई विकेट गुमाएर भेट्टायो ।

पञ्जाबले आईपीएल क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउनेक्रममा जितको नयाँ कीर्तिमान समेत बनाएको छ । उसका बेयरस्टोले अविजित एक सय ८ तथा शंशाक सिंहले ६८ रन जोडे । प्रभसिमरनले ५४ तथा राइली रोसोउले २६ रन जोडे । कोलकाताका सुनिल नारिनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । साल्ट र नारिनले पहिलो विकेटका लागि एक सय ३८ रन बनाएका थिए । साल्टले ७५ रन तथा नारिनले ७१ रन जाडे । पञ्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, राहुल चाहरले समान एक विकेट लिए ।

जितसँगै पञ्जाबको ९ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकामा आठौँ स्थानमा छ । कोलकाता ८ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे दिल्लीमा हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे लखनउमा हुने खेलमा लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयल्स खेल्दैछन् । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया