प्रधानमन्त्रीसँग कवाड व्यवसायीको गुनासो : हाम्रो व्यवसायमा काठमाण्डौ महानगरले अवरोध गर्‍याे

 वैशाख २९, २०८१ शनिबार १५:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आफूहरुको व्यवसायमा काठमाण्डौ महानगरपालिकाले अवरोध गरेको भन्दै कवाड व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो पोखेका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीले काठमाण्डौ महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाड व्यवसायीलाई विस्थापित गराउने गरी वडा कार्यालयबाट परिपत्र जारी गरिएको भन्दै गुनासो गरेका हुन् ।

महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरुको गुनासो छ । व्यवसायीले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका छन् ।

कवाड व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि उच्च अदालतबाट काठमाण्डौ महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई स्मरण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले कवाड व्यवसायीको व्यवसाय सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाउनुभएको छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया