शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन आजदेखि घट्याे

 जेठ १, २०८१ मंगलबार १५:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन आजदेखि घटेको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले कमिसन घटाउन सहमति दिएसँगै आजदेखि ब्रोकर कमिसन घटेको हो ।

नयाँ व्यवस्थाअनुसार ब्रोकरले शेयर कारोबारीसँग लिने शुल्क १० प्रतिशत कम भएको छ । आजदेखि अधिकतम ब्रोकर कमिसन कारोबार रकमको शून्य दशमलव ३६ प्रतिशत कायम भएको छ ।

यस्तै ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३१ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र एक करोड रुपैयाँमाथि जतिसुकैको कारोबारमा शून्य दशमलव २४ प्रतिशत कायम भएको बोर्डले जनाएका छ ।

गएको कात्तिकमै धितोपत्र बोर्डको सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको थियो तर अर्थ मन्त्रालयको सहमति पाउन नसक्दा लागू हुन सकेको थिएन ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया