आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा

 जेठ १, २०८१ मंगलबार १७:९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सरकारले आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै पाँच हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । आज सरकारकाे आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले यस्ताे घाेषणा गर्नुभएकाे हाे ।

राष्ट्रपति पाैडेलले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताउनुभयाे । सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण गर्न आउँदाे दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने उल्लेख छ ।

सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधिकाे हबको रूपमा विकास गरिने कुरा नीति तथा कार्यक्रममा छ । काठमाण्डाै उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरूमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने उल्लेख छ ।

यस्तै सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बाैँ ऋण लगानीमा ठूला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने सरकारले घोषणा गरेको हो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया