गण्डकी सरकारले ‘प्रदेश सरकारको साझेदारी : बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने

 जेठ ३१, २०८१ बिहीबार १२:१४:१७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी : बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, आषधिजन्य प्रयोगका निम्ति गाँजा, अकबरे खुर्सानी, टिमुर उत्पादनलाई प्रोत्साहन गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रमअनुसार तुलनात्मक लाभ र उच्च मूल्य हुने अलैँची, तुलसीपत्र, अदुवा, बेसार, चिया, कफी, मह, छाला, पस्मिनाजस्ता निर्यात योग्य वस्तुको उत्पादन र बजारीकरण प्रवर्द्धन कार्यक्रमलाई विस्तार गरिने छ । कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी कृषि बजारको सुनिश्चितताका लागि बहु सरोकारवालासँग समन्वय गरिने छ ।

उच्च पहाडी क्षेत्रमा स्याउ, ओखर र खुर्पानीलगायत अन्य सम्भावनायुक्त शीतोष्ण फलफूल बालीको बगैँचा स्थापना तथा विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आँप, लिची र केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न नयाँ बगैँचा स्थापना र पुराना बगैँचाको सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले किवी, एभोकाडो, सिउँडी फल (ड्रागन फ्रुट), मेकाडेमिया नट जस्ता फलफूलको सम्भाव्यताको आधारमा क्षेत्र विस्तार गरिने योजना प्रदेश सरकारले तर्जुमा गरेको छ ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया