चितवनको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खस्यो, २० जना घाइते

 जेठ ३२, २०८१ शुक्रबार ९:४१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल

काठमाण्डौ – चितवनको इच्छाकामना गाउँपालिकाको  फिस्लिङ नजिकै आज बिहान बस र कार ठोक्किँदा २० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशा गुडिरहेका बा प्र ०१  ०२९ च ३७२० नम्बरको कार  एकआपसमा ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

कारसँग ठोक्किएपछि बस सडकबाट करिब २५ फिट तल त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीसएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार घाइतेमध्ये ११ जनालाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ भने एकजना गम्भीर घाइतेलाई सशस्त्र प्रहरी बलको कुरिनटारमा रहेको ट्रमा सेन्टरमा प्राथमिक उपचारपछि भरतपुर नै पठाइएको छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया