नेपालले भुटानमा हुने काभा बिच भलिबलमा प्रतिस्पर्धा गर्ने

 साउन १४, २०८१ सोमबार ९:५१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल प्रतियोगितामा भाग लिने भएका छन् । प्रतियोगिता भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ नेसनल स्टेडियममा यही साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् । दुबै टोलीलाई रूपेश बिष्टले प्रशिक्षण दिनेछन् । थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भलिबल सङ्घले जनाएको छ ।

महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया