कर्णाली राजमार्गको कालिकोट खण्ड खुल्यो : दैलेख खण्डको किटु र दही खोलाको पहिरो हटाउने काम चल्दै

 भदौ १६, २०८१ आइतबार ७:२४:४५ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – कर्णाली राजमार्गको कालिकोट खण्ड खुलेको छ । चार दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोट खण्ड खुलेको हो । गएको बुधवार परेको पानीसँगै आएको बाढी पहिरोले अवरुद्ध भएको हुल्म, एसमोड र गगनेखोलाको पहिरो हटाएपछि कालिकोट खण्ड खुलेको हो ।

कालीकोट खण्डको सडक खुले पनि दही खोलाको पहिरो पन्छाउने काम बाँकी नै छ । दैलेख खण्डको किटु र दही खोलामा आज पनि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा मुख्यगरी स्याउ बोकेका ट्रक बाटोमा रोकिएका छन् ।

जुम्लामा उत्पादन भएको स्याउ बजार पठाउने बेला सडक अवरुद्ध हुँदा कुहिने जोखिम बढेको छ । सडक खुल्ने र बन्द हुने निश्चित नहुँदा बाटोमा अलपत्र परेको स्याउ मात्रै नभएर बोटकै स्याउ पनि बजार लैजान र व्यवस्थापन गर्न गाह्रो भएको किसान र व्यवसायीले गुनासो गरेका छन् ।

करोडौँको स्याउ क्षति हुने अवस्थामा पुगेको जुम्लाको हिमा गाउँपालिका–३ का किसान बलबहादुर रोकायाले बताउनुभयो । जुम्लाको स्याउ निर्यात हुने बेलामा भएको सडक अवरोध हटाउन सरकारले ढिलासुस्ती गरेको भन्दै किसान, व्यवसायी र पालिकाका जनप्रतिनिधिले मुख्यमन्त्रीदेखि प्रशासनसम्मलाई ध्यानाकर्षण गराएका छन् ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया