सञ्चारमन्त्री गुरुङले आईजीपीलाई प्रयोग गरेको भाषालाई लिएर सत्तारूढ दलकै सांसदकाे विरोध

 भदौ १८, २०८१ मंगलबार १८:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रयोग गरेको भाषालाई लिएर संसद्मा सत्तारूढ दलकै सांसदले विरोध गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीहरूलाई जिब्रोमा 'ब्रेक' लगाएर बोल्न आग्रह गर्नुभयो । यस विषयमा मन्त्री गुरुङले संसद्मा जवाफ दिनुपर्ने पनि खतिवडाको माग छ ।

यस्तै गण्डकी प्रदेशमा हिजोसम्म मन्त्री रहेका राजीव गुरुङ अर्थात् दीपक मनाङेले आफूले तीन करोड रुपैयाँ पाएमा मन्त्रालय बेच्ने अभिव्यक्ति दिएको विषयमा पनि जवाफ खोजिनुपर्ने खतिवडाको भनाइ छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरीत भएको बताउनुभएको छ । उहाँले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई सभ्यता सिकाउन प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया