गोरखामा भएको दुर्घटनामा नेपाली सेनामा कार्यरत सुरेन्द्र राईको ज्यान गयो

 भदौ ३०, २०८१ आइतबार ९:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – गोरखाको गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका नेपाली सेनामा कार्यरत एक जनाको ज्यान गएको छ । अर्का एक सैनिक घाइते भएका छन् ।

हिजो बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका इलाम घर भई गोरखामा कार्यरत २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।

सुरेन्द्र र जनम नेपाली सेनाको रिपूमर्दन गण गोरखामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । ग १ क ५६५४ नम्बरको टिपर र बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया