इङ्ग्लिस प्रिमियर लिगमा न्युक्यासल र आर्सनल विजयी

 भदौ ३१, २०८१ सोमबार ७:९:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा न्युक्यासल र आर्सनल विजयी भएका छन् । गएराति भएको खेलमा न्युक्यासलले उल्भ्सलाई २–१ गोलले पराजित गरेको हो ।

उल्भ्सको घरेलु मैदानमा भएको खेलमा न्युक्यासलको जितका लागि फाबीयन स्कचरले खेलको ७५ औँ मिनेटमा र हार्भे बर्नेसले खेलको ८० औँ मिनेटमा गोल गरे । उल्भ्सका मारियो लेमिनाले खेलको ३६ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । तर उल्भ्सका लागि अरु गोल हुन सकेन ।

न्युक्यासल ४ खेलमा १० अङ्कका साथ तेस्रो स्थानमा रहदा उल्भ्स ४ खेलमा एक अङ्कका साथ १८ औँ स्थानमा छ । यसअघि हिजो राति भएको खेलमा आर्सनलले टोटनहमलाई १–० ले हराएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलको  जितमा खेलको ६४ औँ मिनेटमा गेब्रियल मगाल्हेसले गोल गरे ।

जितसँगै आर्सनल ४ खेलबाट १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट टोटनहम ४ अङ्कका साथ १३ औँ स्थानमा छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको १२ अङ्क  छ ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया