उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – काठमाण्डाैकाे मुख्य सडकहरूमा ट्राफिक जाम भएको छ । संविधान दिवसको उपलक्ष्यमा भोलि काठमाण्डाैकाे दरबारमार्गमा हुने 'नेशनल डे कन्सर्ट' का लागि आज सडक बन्द गरी स्टेज बनाउने काम भइरहेकोले त्यसको असरका कारण आसपास क्षेत्रमा गाडी जाममा परेका हुन् ।
लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तीसार, पशुपति, डिल्लीबजार सडक, कान्तिपथ लगायतमा जाम भइरहेको छ । यस्तै त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि जाम छ ।
आज बिहानै काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर ट्राफिक डाइभर्जन गरिएको जनाएको थियो । केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
दरबारमार्गको सडक भोलि दिउँसो २ बजेसम्म बन्द रहने सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।