अर्घाखाँची बस दुर्घटना अपडेट : ३५ जना घाइतेको उपचार चल्दै

 कात्तिक २०, २०८१ मंगलबार ६:१०:५४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा हिजो भएको बस दुर्घटनामा घाइते भएका ३५  जनाको उपचार चल्दैछ । भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा हिजो बेलुका देउसी भैलो नाचिरहेको ठाउँमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबाङ्गकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै र २२ वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

दुर्घटनामा गम्भीर घाइते १० जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले बताउनुभएको छ । अन्य २५ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यही घटनामा अरु ३ वटा गाडीमा पनि क्षती भएको छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया