नेपालमा मन्त्री बन्न कुनै याेग्यता चाहिँदैन : मन्त्री गुरुङ

 मंसिर ५, २०८१ बुधबार १७:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताउनुभएको छ ।

काठमाण्डाैमा आज आयोजित विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने बताउनुभयो । मन्त्रालय सञ्चालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानूनी व्यवस्था नरहेको उहाँको भनाइ छ ।

‘नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईँहरूले जिताइदिएपछि पुगिहाल्यो । मन्त्रालय चलाउन यति अनुभव, योग्यता चाहिन्छ भन्ने कुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि मन्त्री भइहाल्यो । हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन । खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यहीभित्र पर्छुजस्तो लाग्छ । मैले सञ्चारको धेरै कुरा नै बुझेको छैन । म जे गर्छु, नागरिकका लागि गर्छु ।’

नेपाली समाज ढोङ्गी रहेको पनि मन्त्री गुरुङले बताउनुभयाे । नेताहरू जता गयो त्यतैको भाषा बोल्ने समस्या रहेको भन्दै उहाँले नेपालमा लोकरिझ्याइँको राजनीति फस्टाउँदै गएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया