एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई सात रनले हराएको छ । कर्णालीले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २६ रन मात्र बनाउन सक्यो ।
विराटनगरका निकोलस क्रिटोनले सबैभन्दा धेरै ४० रन बनाए । कर्णालीका नन्दन यादवले तीन विकेट लिए । यस्तै विपिन शर्माले दुई विकेट तथा कप्तान सोमपाल कामी, युनिससिंह ठकुरी र विलियम बोसिस्टोले समान एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन बनायो । किर्णालीका लागि विलियम बोसिस्टोले सबैभन्दा धेरै ६६ रन बनाए । यस्तै देब खनालले ५३ रन बनाए । आजकाे खेलमा शिखर धवनले पाँच बलमा पाँच रन मात्र बनाए । विराटनगरका प्रतिश जिसीले चार विकेट लिए । यस्तै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए ।
यो जीतसँगै कर्णालीले चार खेलमा चार अङ्कसहित तालिकाको चौथो स्तानमा छ । समान खेल खेलेको विराटनगर दुई अङ्कसहित तालिकाको पुछारबाट दोश्रोमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।