काभा पुरुष भलिबलमा आज माल्दिभ्स र भारतको क्लब तथा नेपाल र इरानको टोली खेल्दै

 मंसिर २४, २०८१ सोमबार १२:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसी र भारतको क्यालीकट हिरोजबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ ।

यस्तै आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल र इरानको युवा टोली प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालबाहेक भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडीसीको सहभागिता छ ।

आठ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मङ्सिर २९ गते हुनेछ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया