कालीकोटको खाँडाचक्रका विवादित कर्मचारीलाई फेरि कार्यालय प्रमुखको जिम्मेवारी

 पुष १५, २०८१ सोमबार १५:२:४९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकोटको खाँडाचक्र नगरपालिका मेयर कमलबहादुर शाहीले विवादित कर्मचारी अविराज शाहीलाई फेरि कार्यालय प्रमुखको जिम्मेवारी दिनुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएकाे मङ्सिर ११ गते आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको पत्र पठाएर अधिकृत छैटौं तहका शाहीको जिम्मेवारी खोसेकोमा मेयर शाहीले पुनः जिम्मेवारी दिनुभएको हो ।

मेयर शाहीले यसअघि असोज ३० गते छैटौं तहका अधिकृत शाहीलाई सातौं तहमा बढुवा गरेको पत्र पठाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुभएको थियो । नियम विपरीत बढुवा गरेको भन्दै मन्त्रालयले मङ्सिर ११ गते आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाएकोमा मेयर शाहीले पुनः नगद कारोबारबाहेकका जिम्मेवारी दिनुभएको हो ।

यसअघि आफू निमित्त भएको मौकामा श्रीमतीलाई खाँडाचक्र नगरपालिकामा सामाजिक सहजकर्ता पदमा नियुक्त गरेर आफैंले हाजिर लगाएर ६ महिनासम्म तलब भत्ता खुवाएको अभियोगमा अविराज शाही ६ महिनासम्म जिम्मेवारीबाट हटाइएका थिए ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानूनअनुसार मेयरले जिम्मेवारी दिन नमिल्ने बताउनुभयो । मेयर कमलबहादुर शाहीले भने कामकाज पूरै ठप्प भएकाले जिम्मेवारी दिनुपरेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया