शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

 माघ २७, २०८१ आइतबार १५:५५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.४९ अङ्कले घटेर २ हजार ६ सय ८८.३१ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । बजार दोहोरो अङ्कले घटेको दिन सेन्ट्रल फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज शेयर कारोबार रकम पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ९ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ३ सय ५ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया