सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – डीसीए धनगढीलाई हराउँदै सीवाईसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा अत्तरियाले धनगढीलाई ६ विकेटले हरायो ।
धनगढीले दिएको १ सय ९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । अत्तरियाका शङ्कर रानाले नटआउट ५६ रन बनाए । धनगढीका हिक्मत महराले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनायो । धनगढीका अभिषेक पालले २७, मिलन बोहराले नटआउट २६ रन बनाए । अत्तरियाका विवेक यादव र कलम गुप्ताले २/२ विकेट लिए ।
अब अत्तरियाले उपाधिका लागि फ्रेन्डस् युथ क्लब डडेल्धुरासँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा न्यु होराइजन बुटवललाई हराउँदै डडेल्धुरा प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।