सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – मछिन्द्र क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थप भएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
प्रतियाेगिताकाे तेस्राे क्वाटरफाइनलमा भाेलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । यसअघि हिजाे भएकाे पहिलाे क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज एफसीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेकाे छ ।
२४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।