६ महिनामा ७१ खर्ब ९९ अर्ब रूपैयाँभन्दा बढीको डिजिटल कारोबार

 माघ २८, २०८१ सोमबार ९:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल कारोबारमा आकर्षण बढ्दै गएको छ । स्मार्ट मोबाइल फोन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल कारोबार पनि बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७१ खर्ब ९९ अर्ब २९ करोड रूपैयाँ बराबरको डिजिटल कारोबार भएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण कारोबार बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय विद्युतीय भुक्तानी सेवा, आईपीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको सङ्ख्या पनि बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

डिजिटल कारोबारसँगै ठगीका घटना पनि बढेकाले सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह गर्दै आएको छ ।

खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठिक रहे,नरहेको यकिन गर्न राष्ट्र बैंकको आग्रह छ ।

साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बरजस्ता संवेदनशील वित्तीय जानकारी अरू कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया