टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
फ्रान्सका राष्ट्रपति इमाइनुल म्याक्रोले मूल्यबृद्धिको विरोधमा भइरहेको प्रदर्शनको जवाफमा महत्वपूर्ण कदम चाल्ने बताएका छन् । उनले महंगीविरुद्ध चलिरहेको प्रदर्शनको जवाफमा कर्मचारीको न्यूनतम तलबमा १ सय यूरो बढाउने बताएका हुन्।
इन्धनमाथि कर, बढ्दो महंगी र अन्य थुप्रै मुद्दाका विषयमा फ्रान्समा गएको चार हप्तादेखि हिंस्रक प्रदर्शन भइरहेको थियो । राष्ट्रपति म्याक्रोले प्रदर्शनकारीहरुको माग जायज पनि भएको बताए । म्याक्रोंले सन् २०१९ देखि न्यूनतम पारिश्रमिकमा सय युरो बढ्ने बताएका छन् ।
म्याक्रोले भने, ‘पछिल्लो ४० वर्षमा गाउँ र बस्तीमा समस्या बढिरहेको छ । सार्वजनिक सेवा राम्रो छैन । जीवनस्तर कष्टकर बन्दै गएको छ ।’ उनले यस्तो परिस्थितिमा आफ्नो जिम्मेवारीलाई स्विकार्ने पनि बताए ।
फ्रान्सको राजधानी पेरिससहित अरु जिल्लामा चौथो हप्तासम्म पनि बढ्दो मूल्यबृद्धि र करको विरोधमा प्रदर्शन हुँदै आएको थियो ।
गएको शनिबार भएको प्रदर्शनका क्रममा मात्रै १ सयभन्दा धेरै घाइते भएका थिए भने एक हजारभन्दा धेरैलाई पक्राउ गरिएको थियो । आन्दोलनकारीले कतिपय भौतिक संरचनामासमेत क्षति पुर्याएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।