सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
तेह्रथुम – तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजलेमा आइतबार बिहान आगलागी हुँदा १८ लाख बढीको धनमाल जलेर नष्ट भएको छ । बिहान करिब ६ बजे साविक जलजले–८ का दिलबहादुर कार्कीको घरमा सोलार प्यानलमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट कार्कीको फुसको छानो भएको ३ तले घर, घरमा रहेको किराना पसल, अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागीबाट करिब १८ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको पोक्लाबाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ब्रह्मदेव यादवले बताउनुभयो ।
प्रहरी चौकी पोक्लावाङको प्रहरी टोली र स्थानीयवासीन्दाको सहयोगमा बिहान पौने ९ बजे आगलागी नियन्त्रणमा लिएको थियो । घटनापछि नेपाल रेडक्रस सोसाइटीले पीडित परिवारलाई एक सेट राहत सामाग्री उपलब्ध गराएको छ । आगलागीपछि कार्कीको ५ जनाको परिवार बिचल्लीमा परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।