हिमपातले रुकुममा लाखाैँकाे अलैँची नष्ट

 माघ १३, २०७५ आइतबार १८:५०:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम– शुक्रबार र शनिबार भएको हिमपातका कारण अधिकांश स्थानमा चिसोको प्रभाव बढेको छ भने उच्च हिमाली भागको जनजीवन कष्टकर बनेको छ । 

हिमपात पछि कतै किसानहरु खुशी भएको पाइन्छ भने कतै हिमपातकै कारण किसानको खेतिबालीमा लाखाैँको क्षति भएको छ । 

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा लगाइएको अलैँची हिउँका कारण न ष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् । गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ मा लगाइएको अलैँची खेतीमा हिमपातका कारण करिब ५५ लाख ६० हजार बराबरको  क्षति भएको अनुमान गरिएको छ । 

अलैँची पकेट क्षेत्रका रुपमा रहेका यी वडामा हिमपातका कारण कामै नलाग्ने गरी सोत्तर भएको अलैँची उत्पादक कृषकहरुको गुनासो छ । यहाँका कृषकहरुले पछिल्ला केही वर्षदेखि अलैँचीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । 

हिमपातका कारण अलैँचीको डाँठसमेत भाँचिएको र अधिकांश ठाउँको अलैँची बाली काम नलाग्ने अवस्थामा पुगेको त्रिवेणी १ का कृषक विकल्प ओलीले बताउनुभयो

गाउँपालिकाको नम्बर–४ का वडाध्यक्ष चन्द्रवहादुर खड्काका अनुसार त्यस वडामा मात्र २६ लाखको क्षति भएको छ । वडाका दम्दु, खुम्चेरी, ज्यालंगा, कालिमाटी,थारेघर, भाल्दुला, छोटेकाडा, जुगेपानीलगायतका ठाउँमा ८० घरपरिवारले लगाएको अलैँचीका करिब ६५ हजार बोट मध्येमा ५० हजार बोटमा क्षति पुगेको बताइएको छ । 

वडा नम्बर १ को बग्रेखोला, चिसापानी, रिसम्जाखोला, किमगैरा, स्यानोखोलालगायतका ठाउँमा अलैँची लगाइएकोमा मा करिब १४ लाख बराबरको क्षति भएको छ ।
 
त्यस्तै वडा नम्बर ५ मा ५० घरपरिवारले हाईरु खोला, माथगाउँ, लाइत खोलालगायतका ठाउँमा गरेको अलैँची खेतीमा १३ लाख बराबरको क्षति भएको छ । 
हिमपातले वडा नम्बर ३ का कुल्सिवाङ, सल्लेडारा र कुरल लगायतका ठाउँमा लगाइको अलैँची खेतीमा करिब साढे २ लाखको क्षति भएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया