भालुको डरले आपतकाल घोषणा !

 माघ २७, २०७५ आइतबार ८:३८:२ | एजेन्सी
unn.prixa.net

रुसको एक सुदूर इलाकामा भालुका कारण आपतकालको घोषणा गरिएको छ । ‘नोवाया जेम्लया’ नामक द्वीपमा भालुले सर्वसाधारणमाथि हमला गरेपछि त्यहाँको प्रशासनले संकटकाल घोषणा गरेको जानकारी दिएको छ  ।

स्थानीयका अनुसार यस द्वीपको आवसीय क्षेत्रमा करिब एक दर्जन ध्रुवीय भालु देखिएपछि मानिसमा त्रास फैलिएको छ । 

जलवायु परिवर्तनका कारण ध्रुवीय भालु प्रभावित भैरहेका छन्, उनीहरु खानाको खोजीमा भड्किएका हुन् । लोपोन्मुख प्रजातीमा समावेश गरिएका कारण रुसमा भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ ।

यसका साथै संघीय पर्यावरण एजेन्सीले भालु मार्नका लागि लाइसेन्स दिन अस्वीकार गरेको छ ।

स्थानीय अधिकारीले बताए अनुसार प्रहरीको तर्फबाट जारी गरिने चेतावनीबाट पनि भालु डराउँदैन जसका कारण यो क्षेत्र थप तनाबग्रस्त बनेको छ ।

यो द्वीपको प्रमुख इलाका बेलुश्या गुबामा एकैपटक ५२ ओटासम्म भालु देखिएको बताइएको छ । स्थानीयका अनुसार भालुका कारण स्थानीय त्रासमा छन् जसका कारण जनजीवन प्रभावित भइरहेको छ ।

– बीबीसीबाट  
 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया