उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतप...
मंसिर ९, २०८१ आइतबार
राजु लामिछाने, रुकुम (पूर्व)-रुकुम पूर्वकाे सिस्ने गाउँपालिका ५ मा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।
रुकुम पुर्वको सदरमुकाम रुकुमकोटबाट दाङका लागि छुटेको ना ५ ख ४०१२ नम्बरको बस सदरमुकाम नजिकैको मङ्ग्रा भन्ने ठाउँमा दुर्घटना भएको बताइएको छ ।
स्थानीय सर्जना कार्कीका अनुसार, बिहान ६ बजे छुटेको बस १० मिनेट पछि सडकबाट करिब १५ मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार, बसमा सवार यात्रुको संख्या यकिन हुन बाकी रहेको र घाइते ९ जनाको जिल्ला जनस्वास्थ्य रुकुम पुर्वमा उपचार भइरहेको छ ।
घाइतेहुनेहरुमा बाँके जिल्ला डुडुवा गाउँपालिका ५ का २५ वर्षीया सुभद्रा यरि, त्यसै स्थानकी ५५ वर्षीया पुतली खड्का, ३० वर्षीय अजित यरि, रोल्पा जिल्ला लिवाङ निवासी ३२ वर्षीय दिलिप कुमार पुन, रुकुम पश्चिम बाफिकोट गाउँपालिका ५ का २० बर्षका दिलिप देवकोटा रहेका छन् ।
त्यसैगरी, रुकुम पूर्व सिस्ने गाउँपालिकाका ४० वर्षका अम्बर थापा, त्यसै स्थानका ५१ वर्षीया सुधा कुमारी शर्मा, २३ वर्षका नारायण गौतम छन् । घाइते मध्ये एक जनाको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले घाइतेको उद्दार गरिरहेको बताईएको छ ।
तीव्र गतिमा गाडी चलाएकोले दुर्घटना भएको र गाडी चालक दाङ्, तुल्सिपुरका चुडामणि बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।