नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एउटा तीव्रगतिकाे रेलको उद्घाटन गरे । तर शनिबार त्यो रेल बीच बाटाेमै अलपत्र पर्याे ।
मोदी सरकारले १ सय ३० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने वन्दे भारत एक्सप्रेस (टी–१८) लाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि ठानेकाे थियाे । तर सबैभन्दा छिटो चल्ने मानिएको वन्दे भारत एक्सप्रेसले आफ्नो पहिलो ट्रिपमा नै रोकिनु पर्यो ।
उत्तर प्रदेशको टुंडला नजिकै रेललाई इमर्जेन्सीमा रोक्नु परेको हो । रेलवे अधिकारीका अनुसार रेलको ट्र्याकमा जंगली जनावर आएका कारण ट्रेनलाई रोक्नुपरेको हो । रेल वाराणसीबाट राति फर्किँदै गर्दा बीच बाटोमा जंगली जनावर आयो जसले गर्दा बिहान ५ ३० बजे टुँडलाबाट १८ किलोमिटरको दूरीमा रेललाई रोक्नुपरेको हो ।
वन्दे भारत एक्सप्रेस नयाँ दिल्ली र वाराणसीको बीचमा सोमबार र बिहीबार बाहेक हप्तामा पाँच दिन चल्नेछ । यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अर्थात फेब्रुअरी १५ मा हरियो झण्डा देखाएर गरेका थिए ।
वन्दे भारत एक्सप्रेस १७ फेब्रुअरीबाट नियमित चल्नेछ । यो ट्रेन नयाँ दिल्ली रेलवे स्टेसनबाट बिहान ६ बजे छुटेर वाराणासीमा दिउँसोको दुई बजे पुग्नेछ । र वाराणासीबाट दिउँसोको तीन बजे हिँडेर दिल्लीमा राति ११ बजे पुग्नेछ ।
रेल बीचमा कानपुर र इलाहबाद(प्रयागराज) मा रोकिनेछ । वन्दे भारत एक्सप्रेसको दिल्लीबाट वनारससम्मको सामान्य भाडादर १७ सय ६० भारतीय रुपैयाँ छ भने विशिष्ट भाडादर ३ हजार ३ सय १० भारतीय रुपैयाँ छ ।
याे रेललाई विदेशबाट खरिद गरिएको नभइ पूर्णतया भारतमा निर्माण गरिएको भारतकै पहिलो ‘सेमी हाई स्पीड ट्रेन’ हो । यसलाई भारत सरकारको ‘मेक इन इण्डिया प्रोजेक्ट’ अन्तर्गत निर्माण गरिएको कारण नै यसको नाम ट्रेन १८ राखिएको हो । यसलाई इन्टिग्रेल कोच फ्याक्ट्री (आईएससीएफ) चेन्नईले १८ महिना लगाएर यसको डिजाइन तयार पारेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।