सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
रुकुमपूर्व – आइतबार बिहान विद्यालयमा प्रार्थना गर्न उभिएका रुकुमपूर्वकोे एक विद्यालयका विद्यार्थीहरु एक्कासी बिरामी परेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका ६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन ।
विद्यालयमा आएर प्रार्थना गरिरहेका विद्यार्थीहरुमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो ।
उहाँका अनुसार बिहीबारबाटै एक दुईजनामा यस्तो समस्या देखिएको थियो । के कारणले बिरामी भएका हुन् भन्ने कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।
दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक स्वास्थ्य संस्था नहुदा उपचारमा समस्या आएको छ । भएको एउटा स्वास्थ्य इकाईको कर्मचारी पनि परीक्षा दिन जिल्ला बाहिर गएका छन् ।
विद्यालयबाट सबैभन्दा नजिक मानिने वडा नम्बर ४ हुकाममा रहेको स्वास्थ्य संस्था पुग्न पनि दुई घण्टा समय लाग्छ । अहिले बिरामी उपचारको लागि हुकाम र मैकोटबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर आइरहेको प्रधानाध्यापक सेनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।