फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५३८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार, दुर्घटनामा परेर रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटकी ५० वर्षीया इश्वरीकुमारी बोहरा, त्यसै ठाउँका ५८ वर्षीय रामबहादुर बुढाथोकी, ३९ वर्षीया गंगा विसी, रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका–९ पेउघाका ६० वर्षीय चन्द्रे सुनार, मुसिकोट नगरपालिका–४ का ६१ वर्षीय दुर्गबहादुर ओली, नगरपालिका–१२ पितिवाङकी ३० वर्षीया भावना ओली घाइते भएका छन् ।
यस्तै मुसिकोट नगरपालिका–१२ की ३० वर्षीया मेउमता पुन, बाँफिकोट गाउँपालिका–२ पिपलका महेन्द्र खत्री र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ का ३४ वर्षीय घनश्याम नेपाली घाइते भएको डीएसपी खड्काले जानकारी दिनुभयो ।
घाइतेमध्ये इश्वरीकुमारीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । बाँकी सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको बताइएको छ ।
ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।