फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम – द्वन्द्वकालमा मारिएका शहीद छोराको नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । बाँफिकोट गाउँपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा शहीद भएका १५ वर्षीय छोरा खड्क केसीको स्मृतीमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
छोराले ५ कक्षा सम्म पढेको जनकल्याण माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको शहीद खड्क स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना भएको हो ।
विद्यालयको ५५ औंँ वार्षिकोत्सवको अवसरमा वडाध्यक्ष खत्रीले अक्षयकोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको छ ।
यस रकमको ब्याजमार्फत आउने रकमबाट हरेक वर्ष त्यस विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । विद्यालय पोशाक, कापी कलमको अभावमा विद्यार्थीहरुले पढ्नबाट बञ्चित नहोउन भनेर शहीद छोराको नाममा छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताउनुभयो ।
उहाँका अनुसार छात्रवृत्ति वि.सं. २०७६ सालदेखि प्रदान गरिने छ । हरेक वर्षको फागुन १२ गते विद्यालयको वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिने छ भने फागुन १५ गते छात्रवृति प्रदान गरिने छ ।
खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते प्रहरीद्धारा मारिएका थिए । तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि तत्कालीन पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्री बन्धुसँगै खड्क मारिएका थिए ।
त्यतिबेला उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, स्थित जनता माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।