संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा इमान्दार नेताहरु नभएको दाबी गर्नु भएको छ ।
पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखादिन पनि चुनौती दिनुभयो ।
शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औंँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भैरहेकाले देशमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गर्नुभयो । पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले देशको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।
पूर्व राष्ट्रपति यादवले देशको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिनु भयो । उहाँले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।