संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । १३ दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ८२ वर्षीय नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको हो ।
पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वासलगायतका समस्या देखिएका थिए । १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका भरतमोहन अधिकारी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुनुहुन्छ ।
चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसक्नुभएका नेता अधिकारीलाई ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा पनि चिनिन्छ ।
२०५१ सालमा एमालेको नौ महिने शासनका अर्थमन्त्री अधिकारीले पहिलोपटक जेष्ठ नागरिकहरुलाई वृद्धभत्ता दिने र ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सुरु गर्नुभएको थियो । २०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका अधिकारी तेस्रो महाधिवेशनबाट पोलिटब्यूरो सदस्य निर्वाचित हुनुभएको थियो ।
उहाँलाई तत्कालीन माले र माक्र्सवादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि चिनिन्छ । अधिकारीकै पहलमा सात वटा वाम घटकहरु एक भएर संयुक्त वाम मोर्चा निर्माण गरेपछि २०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलन सफल भएको थियो ।
२०६१ सालमा उप्रधानमन्त्री रहेकै बेला पूर्व राजा ज्ञानेन्द्रले कु गरेपछि उहाँ पक्राउ परेर ३ महिना घरमै नजरबन्दमा बस्नुभएको थियो । स्वर्गीय अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वैच्छिक अवकाशको घोषणा गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।