संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको डाक्टरहरुले बताएका छन् ।
३ हप्तादेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८४ वर्षीय नेता अधिकारीलाइ चिकित्सा विज्ञानका सबै विधि प्रयोग गर्दा पनि बचाउन मुश्किल देखिएको अस्पतालका डाक्टर हेमराज पनेरुले जानकारी दिनुभयो ।
अधिकारीको मुटु र फोक्सो सहित शरिरका सबै महत्वपुर्ण अंगले काम गर्न छाडेका छन् । उहाँले २५ घन्टादेखि पिसाव पनि नगरेको र कृतिम श्वास दिएर भेन्टिलेरमा राखिएको अस्पतालले जनाएको छ । अधिकारीलाई अब सहजताको लागि मात्रै उपचार गरिने डाक्टरले बताएका छन् ।
नेकपाका कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले अधिकारीको आशा मरिसकेकाले अब अन्य तयारीमा लागिएको जानकारी दिनुभयो । चिकित्सा विज्ञानको हिसाबले अधिकारी हिजो बेलुकादेखि नै अन्तिम अवस्थामा रहेको तर पारिवारिक कारणले घोषणा नगरिएको पनि नेता श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।