संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - संसदीय सुनुवाइ विशेष समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिव बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीलाई अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिको बैठकमा सिफारिस भएका सबैसँग आयोग सञ्चालनको अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो।
संसदीय सुनुवाइ विशेष समितिको पछिल्ला बैठकहरु प्रतिपक्षी दलले बहिस्कार गर्दै आएको छ। संवैधानिक परिषद्को बैठकले प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा विभिन्न आयोगका पदाधिकारीको नाम सिफारिस गरेको भन्दै सुनुवाइ समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका सांसदहरुले बहिस्कार गरेका हुन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।