संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।
राजपा नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिनु भएको हो ।
पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यसविरुद्ध देशमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गर्नुभयो । ‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर देशमा राष्ट्रिय विद्रोह सुरु हुने’ नेता महतोको दाबी छ ।
नेता महतोले पार्टीका सांसद चौधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गर्नु भयो ।
टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद
जिल्ला अदालत कैलालीले बुधबार टीकापुर घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो । त्यसप्रति नेता महतोको आपत्ति छ । नेता महतोले बुधबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।