संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
दाङ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ ।
बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने स्कुल, कलेज र बजार पनि बन्द छन् । गिरफ्तारभएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न माग गर्दै उनीहरुले राप्ती बन्दको आह्वान गरेको जनाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरी गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न, राज्य सरकारको रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मूल्य मान्यता स्थापित गर्न बिहिवार एक दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्।
देशैभर र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेता कार्यकर्ताहको घर खानतलासी, गालीगलौज, आतंकित पार्ने र रोल्पा, दाङलगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने गतिविधि भैरहेकाले यस्ता गतिविधिको विरोध गर्दै बन्द आह्वान गरिएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
गएको फागुन २० गते रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै विनासर्त रिहाइ गर्न मागसहित बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।