संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका जानुभएको हो । लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नुहुनेछ । यस्तै, साइडलाइन वार्तामा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसलगायत अन्य देशका सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।