संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लु को ६३ औँ बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बोधनपछि राष्ट्रपति भण्डारी उच्चस्तरीय गोलमेच बैठकमासमेत सहभागी हुने कार्यक्रम छ । उहाँले राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेससँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै राष्ट्रपति भण्डारीले मंगलबार बेलुका स्टोनियाका राष्ट्रपति, क्रोयसियाका राष्ट्रपतिलगायतसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो । गएको आइतबार अमेरिका गएको राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १ गते स्वदेश फर्कने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।