फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
रुकुमपश्चिम – रुकुम जिल्ला अदालतमा कार्यरत तामिलदार नवीन खड्का सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४, सोलाबाङ घर भएका २८ वर्षीय खड्का सोमबार बिहान घर नजिकैको पानी बगिरहेको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
खड्काले आइतबार राति अत्याधिक रक्सी खाएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । केही समय रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतमा काजमा काम गरेका खड्का एक महिना अघिमात्रै रुकुम जिल्ला अदालतमा आएका थिए ।
सोमबार बिहान शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खड्काको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।