टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यलयमा प्रमुख नहँुदा जग्गासम्बन्धी काम ठप्प भएको छ ।
कर्मचारी समायोजन हँुदा जिल्लामा रहेको मालपोत कार्यालयको काम एक महिनादेखि रोकिएको हो ।
जग्गा पास, राजीनामा, दाखानामसारी, रजिष्टे«शन वकपत्र जस्ता जग्गाको काम रोकिएको छ । गएको चैत ५ गते मालपोत कार्यलय हुम्लाका कार्यालय प्रमुख डील वहादुर क्षेत्री समायोजन भएर काठमाण्डौ कलंकीमा सरुवा भएपछि रोकिएका हुन् ।
कामको लागि सेवागा्रही दैनिक कार्यलयमा आए पनि प्रमाणीत गने र हस्ताक्षर गर्ने कार्यालय प्रमुख हालसम्म नभएको कम्पुटर अपरेटर एवं निमित्त कार्यलय प्रमुख मिम सिंह नेपालीले बताउनुभयो ।
कार्यालयमा हाल कम्पुटर अपे्रटर नेपाली र ५जना कार्यालय सहयोगी मात्र रहेका छन् । जिल्लामा रहेका ७ वटा गाउँपालिकाका जनताले सदरमुकाम सिमकोटमा जग्गाको कारोबार गर्ने हुँदा हाल कामहरु रोकिएका छन् । नयाँ भवन निर्माणको लागि विद्यालयको नाममा जग्गा पास गर्न सदरमुकाम सिमकोट आएका हिमचुली निमावि अदानचुली-५ का प्रधानाध्यापक पृथ्वी शाहीले आफू एक हप्तासम्म सदरमुकाम बसे पनि काम नभएको गुनासो गर्नुभयाे ।
४ दिन पैदल हिँडेर पनि जग्गा पास नभएर फर्कनु परेको उहाँकाे भनाइ थियाे । कर्मचारी सामायोजन हुँदा भएका कर्मचारी सहरतिर लागेपछि दुर्गम हिमाली जिल्लामा कर्मचारी आउन मानिरहेका छैन्न् ।
जिल्लाको सदरमुकाम सिमकोटमा जग्गासम्बन्धी काम गर्न तीन चार दिन हिँडेर आए पनि प्रमुख नहुँदा अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।