टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
भारतीय सेनाले पहिलो पटक महिलाहरुलाई सैनिक जवानको रुपमा भर्ती गर्न सुरु गरेको छ । यसभन्दा अघि महिलाहरु केवल अधिकृत रुपमा सेनामा भर्ती गरिन्थ्यो ।
बिहीबार मात्र भारतीय सेना–प्रहरीमा महिलाहरुलाई जवानको रुपमा भर्ती गर्ने प्रक्रिया सुरु भएको छ । सेनाले मिलिट्री पुलिस केडरमा महिलाको संख्या २० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
अहिले १४ लाख सशस्त्र बलका ६५ हजार अधिकारीहरु केडरको रुपमा देखिएका छन् । यसमा थल सेनामा १५ सय, वायुसेनामा १६ सय र जलसेनामा पाँच सय महिलाहरु छन् । सेनामा सहभागी हुने महिलाहरुले अब दुष्कर्म र जबर्जस्तीजस्ता विषयमा जाँच गर्नेछन् ।
यसअघि 'सर्ट सर्भिस कमिसन' अन्तर्गत मेडिकल, सिग्नल, शिक्षा र इन्जिरियरिङ भागमा मात्र महिलाहरुलाई भर्ती गरिन्थ्यो । यद्दपि महिलाहरुलाई युद्धमा भर्ती गर्ने विषयमा बहस चलिरहेको छ ।
भारतीय सेनाले सेनाको मूलमा महिलालाई पनि भर्ना गर्नको लागि अनलाइन पञ्जीकरण पनि सुरु गरेको छ । इच्छुक महिलाहरुले आगमी जुन ८ सम्म आवेदन दिन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।