'यूएसएआईडी' ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो
माघ २३, २०८१ बुधबार
बाँके – नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी भएको छ ।
आगलागीबाट उद्योगको गोदामघरमा भण्डारण गरिएको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको कपास जलेर नष्ट भएको उद्योग संचालकले बताएका छन् ।
आगलागीको खबर प्राप्त हुनासाथ नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमलकको सहायतामा प्रहरी र स्थानीय बासिन्दाको टोलीले आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।
बिहान १० बजेतिर उद्योगमा कोही नभएको अवस्थामा भित्रबाट धुवाँ निस्केपछि आगो लागेको थाहा भएको हो । शारदा कपास उद्योगमा अघिल्ला वर्षमा पनि आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण बारे अनुसन्धान भइरहेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।