टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
मे १ का दिन संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । बलिउड अभिनेता आमिर खानले पनि यस दिन श्रमदान गरेका तस्बिरहरु यतिबेला चर्चामा छन् । तस्बिर तथा भिडियोमा आमिर खान पानीको पाइपलाइन खन्ने काम गरिरहेका छन् ।
आमिर खानले पहेँलो रंगकोठ टी–शर्ट, कार्गो पाइन्ट र कालो रङको क्याप लगाएका छन् । आमिर खान अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन उनको एनजीओ ‘पानी फाउण्डेशन’ को कार्यक्रम अन्तर्गत महाराष्ट्रको एक गाउँमा श्रम दानका लागि पुगेका थिए । आमिरले पाइपलाइन खनेर आफ्नो तर्फबाट श्रम दान गरेका छन् ।
— Aamir Khan (@aamir_khan) May 1, 2019
आमिर खानले आफूले श्रमदान गरिरहेका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । तस्बिर तथा भिडियोमा आमिर खानकी श्रीमती किरण राव पनि आमिरलाई सहयोग गरिरहेकी छिन् । आमिरले यो तस्बिर तथा भिडियो शेयर गर्दै श्रमिक दिवसको शुभ कामना दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।