टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
भारतमा लोकसभा चुनाव २०१९ को छैटौँ चरणको मतदानका लागि प्रचारप्रसार जारी छ । नेता तथा उम्मेदवार एकअर्काविरुद्ध भनाभन र बाझाबाझको स्थितिसम्म पुगिसकेका छन् । बाँकी रहेको छैटौँ र सातौँ चरणको मतदान आगामी मे १२ र १९ मा हुँदैछ ।
विशेषगरी भारतीय जनता पार्टी र भारतीय कांग्रेस एक अर्काविरुद्ध लागिपरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणमा राजीव गान्धीलाई निशाना बनाइनु र त्यो विरुद्ध कांग्रेसको जवाफी हमला पनि रोचक नै छ ।
बिहीबार पनि उत्तर प्रदेशको प्रतापगढमा भएको र्यालीमा कांग्रेसकी महासचिव प्रियंका गान्धी प्रधानमन्त्री मोदीमाथि खनिएकी छिन् ।
PG Vadra: Rajnaitik shakti wo hoti hai jo ye maane ki janta sabse badi hai,janta ki baat sun'ne ki shakti,janta ki samasyaon ko suljhane ki shakti, alochna sun'ne ki shakti, vipakshi dalon ki baat sun'ne ki shakti. Lekin ye PM apki baat sun'na chhodiye, apko jawab dena nahi jante https://t.co/IxzKJyEtXJ
— ANI UP (@ANINewsUP) May 9, 2019
र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीलाई निशाना बनाउँदै प्रियंकाले भनिन्, ‘यिनीभन्दा कायर र कमजोर प्रधानमन्त्री मैले जिन्दगीमा देखेको थिइँन । राजनीतिक शक्ति ठूला–ठूला प्रचारबाट आउँदैन, टीभीमा देखाएर पनि आउँदैन ।’
‘राजनीतिक शक्ति त्यो हो, जसले जनतालाई सबैभन्दा ठूलो ठान्छ । नागरिकको कुरा सुन्ने शक्ति, नागरिकको समस्या सुलझाउने शक्ति, आलोचना सुन्ने शक्ति, विपक्षी दलको कुरा सुन्ने शक्ति । तर प्रधानमन्त्री आफ्नो कुरा सुन्न छोड्दैनन् र जवाफ दिन पनि जान्दैनन्’, उनले भनिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।