एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा
मंसिर ९, २०८१ आइतबार
धनकुटा – धनकुटामा सञ्चालन भइरहेको शहीद भीमनारायण गोल्डकप प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा एपीएफ क्लब काठमाण्डौ विजयी भएको छ ।
पहिलो चरण अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा एपीएफले ३–० को अन्तरमा फ्रेन्डस् क्लब ललितपुरलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हाे । पहिलो हाफको इन्जुरी समयमा एपीएफका १० नम्बर खेलाडी रवि थिङले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । उनले पहिलो हाफको ४५ औं मिनेटमा गोल गरेका थिए । खेल निक्कै प्रतिस्पर्धात्मक भए पनि फ्रेन्डस् क्लबको फितलो प्रर्दशनको फाइदा उठाउँदै एपीएफले सेमिफाइनलको बाटो तय गरेको हो ।
पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफको ५ मिनेटमा रबि थिङले व्यक्तिगत गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।
खेलको ३० औं मिनेटमा एपीएफका १५ नम्बर खेलाडी कमल दोङले अर्को गोल गर्दै टीमको जित सुनिश्चित गरे । खेलको म्यान अफ् द म्याच एपीएफका रवि थिङ घोषित भए ।
बुधबारको पहिलो सेमिफाइनल खेल वसन्ध्यावासिनी फुटबल क्लब मोरङ र दाउफिन्स फुटबल क्लब क्यामरुनबीच हुनेछ ।
प्रतियाेगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख नगद प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।