टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
भारतको यू–१९ महिला क्रिकेटको घरेलु प्रतियोगितामा कसारागोडको टिम ४ रन बनाउँदा अलआउट भएको छ ।
मल्लापुरमको पेरिनथलमन्ना स्टेडियममा बिहीबार भएको खेलमा वायनाडविरुद्धको खलेमा कसारागोड ४ रनमा अल उट भयो । उसका कुनै पनि खेलाडीले खाता खोल्न सकेनन् । सबै खेलाडी बोल्ड आउट भएका थिए । टिमले जोडेको ४ रन पनि अतिरिक्तबाट आएको हो । क्रिकेटको इतिहासमा सबै खेलाडी एकै किसिमले आउट भएको पहिलो पटक हो । वायनाडाले ५ रनको लक्ष्य पहिलो ओभरमै पूरा गर्दै १० विकेटको जित निकालेको थियो ।
कसारागोडले सुरुको २ ओभरसम्म कुनै पनि विकेट गुमाएको थिएन् । कप्तान एस अक्षताले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । टिमकी ओपनर विक्षिता र एस चित्राले २ ओभरसम्म ब्याटिङ गर्दा खाता नै खोल्न सकेनन् । वायनाडले लगातार विकेट लिएको थियो ।
२ वर्ष पहिले नागाल्याण्डको टिम २ रनमा अलआउट भएको थियो । २०१७ फेब्रुअरीमा केरलाविरुद्धको खेलमा नागाल्याण्डको महिला यू १९ टिम २ रनमा अल आउट हुँदा ओपनर मेनकाले एक रन बनाएकी थिइन् । त्यतिबेला एक रन वाइडका रुपमा आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Amrit
May 18, 2019, 8:49 p.m.अचम्मको कुरा सुन्न पाइयो /