भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
धनकुटा - धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणकाे उपाधि सशत्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
शुक्रबार भएको फाइनलमा दाउसिन्स क्लब क्यामरुनलाई पेनाल्टी सुटआउटमा ४—२ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
खेलको ४४ औँ मिनेटमा क्यामरुनका यनिक ओवानाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६० औ मिनेटमा क्यामरुनका ओको बोटाले एपिएफका खेलाडीलाई डि बक्समा फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई एपिएफका खेलाडी रबि थिङ्गले सदुपयोग गर्दै गोल गरे र आफनो टिमलाई १÷१ गोलको बराबरीमा पुर्याए ।
खेलमा आक्रमक रुपमा प्रस्तुत भएको क्यामरुनले डी बक्स नजिकै फ्रिकिकको मौका पायो । क्यामरुमका खेलाडीले पाएको मौका खेर जान दिएनन् । जर्सी नं ८ का निहाले प्रहार गरेको फ्रिकिक पेटाङ्गगाले गोलमा परिणत गरे र आफ्नो टिमलाई २—१ गोलको अग्रता दिलाए । त्यस लगत्तै एपिएफका महेश लामाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पु¥याए । निर्धारित समयमा खेल बराबरीमा रोकीएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
पेनाल्टीमा दाउफिन्सका पेटाङ्ग प्रिसोले मात्र गोल गरे भने एपीएफका हरि खत्री, रबि थिङ, घनश्याम ठाकुरले गोल गरेका थिए ।
म्यान अफ द म्याच एपीएफका सुमित आले मगर घोषित भए । त्यस्तै प्रतियोगिताको बेस्ट गोलरक्षक एपिएफका अमृत चौधरी, उत्कृष्ट खेलाडी एपिएफकै रबि थिङ्ग घोषित भए । उपाधी उचालेसँगै एपीएफले नगद चार लाख, मेडल र प्रमाण–पत्र हात पारेको छ भने उपविजेता क्यामरुनले नगद दुई लाख, मेडल र प्रमाण–पत्र प्राप्त गर्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।