टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
आईसीसी विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड टिमलाई त्यहाँकी प्रधानमन्त्री टरिजा मेले स्वागत गरेकी छिन् ।
विश्वकप सुरु भएको ४४ वर्षपछि पहिलाे पटक उपाधि जितेको इंग्ल्याण्डमा अहिले खुशीको माहोल बढेको छ । विश्वकप उपाधि जित्दा विवादित बने पनि त्यसको प्रभाव भने त्यहाँका समर्थकलाई परेको छैन ।
न्यूजिल्याण्डविरुद्धको फाइनल खेलमा सुपर ओभर पनि बराबरी भएपछि बाउण्ड्री प्रहार गरेको आधारमा इंग्ल्याण्ड विजयी भएको थियो । उपाधि विजेता इंग्ल्याण्डको टिमलाई प्रधानमन्त्री म ले सोमबार राति डाउनिङ स्ट्रीटमा रिसेप्सन पार्टी दिएकी थिइन् । त्यस अवसरमा प्रधानमन्त्री मेले सबै मिलेर उत्कृष्ट प्रदर्शन गरेकै कारण विश्वकप जितेको बताइन् ।
इंग्ल्याण्डले ४४ वर्षपछि पहिलो पटक उपाधि जिते पनि फाइनल भने यसअघि नै तीन पटक खेलेको थियो । इंग्ल्याण्ड १९७९, १९८७ र १९८२ को फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।
तर दुई पटक नै उपविजेतामा सीमित भएको न्यूजिल्याण्डमा भने सहानुभूतिको माहोल रहेको छ । त्यहाँका केही खेलाडीहरुले न्यूजिल्याण्ड र इंग्ल्याण्डलाई संयुक्त विजेता घोषणा गर्न माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।