टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
दिल्ली कांग्रेसकी अध्यक्ष, पूर्व मुख्यमन्त्री तथा पार्टीकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन भएको छ ।
झण्डै एक हप्तादेखि बिरामी रहेकी ८१ वषीया दीक्षितलाई शनिबार बिहान एस्कार्ट्स फोर्टिस अस्पतालमा भर्ना गराइएको थियो । अस्पतालका निर्देशक डाक्टर अशोक सेठका अनुसार नेपाली समय अनुसार अपरान्ह तीन बजे मुटुमा समस्या आएपछि दीक्षितलाई भेन्टिलेटरमा राखिएको थियो । र उनको उपचारकै क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
उनलाई 'प्यारी दादी' को रुपमा पनि चिनिन्थ्यो । उनको निधन दिल्लीवासीका लागि मात्र नभइ भारतीय कांग्रेस पार्टी र गान्धी परिवारका लागि पनि ठूलो क्षति भएको बताइएको छ । ३५ वर्षे राजनीतिमा दीक्षित केरलको राज्यपाल पनि रहेकी थिइन् । उनले सन् १९८८ देखि २०१३ सम्म राष्ट्रिय राजधानी दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।
उनको निधनलाई लिएर पार्टीले खेद प्रकट गरेको छ । आफ्नो जीवनकालमा कांग्रेस नेतृ र तीन पटक दिल्लीकी मुख्यमन्त्री रहेकी दीक्षितले दिल्लीको अनुहारमा नै परिवर्तन ल्याएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लिलानाथ पगेनी
July 20, 2019, 6:31 p.m.मृत आत्माले शान्ति पाओस।